बृहत् जनसभा तथा पार्टि प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष ओली पर्सा जाँदै : सयौंको संख्यामा एमाले प्रवेशको तयारी

काठमाडौं ! नेकपा (एमाले) ले देशभरी पार्टी प्रवेश अभियान संचालन गर्ने भएको छ।पार्टिको दशौ महाधिवेशन पश्चात् बसेको केन्द्रिय कमिटी बैठकद्रारा पारित एजेन्डाले नै अब नेताहरुलाई गाउँ फर्क अभियान र पार्टी प्रवेश अभियान संचालनमा ल्याउन लागेको उल्लेख गरेको थियो।

यसै अनुरुप यहि पौष ८ गते २ नम्बर प्रदेशको मुटु पर्सा जिल्लामा नेकपा एमालेको बृहत् जनसभा एवं पार्टि प्रवेश कार्यक्रम हुने पार्टिका स्थायी कमिटी सदस्य प्रभु साहले जानकारी दिनुभयो। सो सभामा प्रमुख अतिथिका रुपमा पुर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पर्सा जानू हुने भएको छ।त्यसको तयारीका लागि प्रदेश २ एमालेले विभिन्न उपसमितिहरु बनाएर तयारी थालेको जनाइएको छ।

सो सभामा काङ्ग्रेस,माओवादी,मधेशवादी दल त्यागेर सयौको संख्यामा एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *