टीकापुर घटनाका आरोपितलाई आममाफी दिएकामा सरकारप्रति एमालेले गर्‍यो आपत्ति प्रकट

काठमाडौं । नेकपा (एमाले) ले तीनै तहका अदालतबाट कारावासको सजाय पाएका टीकापुर घटनाका आरोपितलाई सरकारले आममाफी दिएकोमा गम्भीर आपत्ति प्रकट गरेको छ ।
शुक्रबार बसेको पार्टीको सचिवालयको २२औं बैठकबाट यस विषयमा प्रस्ताव पारित गर्दै गणतन्त्र दिवसको सन्दर्भ पारेर नितान्त सत्तास्वार्थका लागि गरिएको यस निर्णयले विधिको शासनलाई चुनौती दिएको जनाइएको छ ।
सरकारको यस निर्णयले दण्डहीनतालाई संस्थागत गर्ने, कर्तव्यपालनाका सिलसिलामा कार्यथलोमा खटिएका सुरक्षाकर्मीको मनोवल गिराउने उल्लेख गर्दै प्रस्तावमा भनिएको छ– उक्त घटनामा क्रूरतापूर्वक मारिनु हुने प्रहरीहरूका परिवार एवं सर्वसाधारणको पीडामा नुनचुक छर्किने काम गरेको छ । केन्द्रीय सचिवालयको यो बैठक सरकारको यस कदमप्रति गम्भीर आपत्ति जनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *