एमाले सचिवालय बैठक : वरिस्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई विभागको जिम्मेवारी तोकियो

काठमाडौं ! नेकपा एमालेको आज बसेको सचिवालय बैठकले पार्टीका वरिस्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई विशेष जिम्मेवारी प्रदान गरेको छ। बैठकले वरिस्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई विभागको संयोजको जिम्मेवारी प्रदान गरेको हो। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार योजना तथा नीतिसँगसम्बन्धी विभागको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्वाधार र विकाससँग जोडिएको विभागमा सुरेन्द्र पाण्डे, कृषि तथा उद्यमशीलतासम्बन्धी विभागमा रामबहादुर थापा, सामाजिक विकाससम्बन्धी विभाग अष्टलक्ष्मी शाक्य, मानवस्रोतसँगसम्बन्धी विभाग युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसँग सम्बन्धी विभागका सुवासचन्द्र नेम्वाङ र संगठन तथा प्रशिक्षणसँग सम्बन्धी विभागहरुको संयोजन विष्णु पौडेलले गर्नेछन् ।

त्यसैगरी संगठन विभागमा काशीनाथ अधिकारी, प्रचारको प्रमुखमा राजेन्द्र गौतमलाई तोकिएको ज्ञवालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *