एमालेको सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक साढे चार घण्टायता बसिरहेको छ ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा नागरिकता विधेयक, जन्मकैदको फैसला भएका रेशम चौधरीको आम माफी, प्रधानमन्त्रीको भारत भ्रमण, संसदमा जेठ १५ गते पेश भएको बजेट र केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँटबारे छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।

आजको बैठकबाट एमालेले पार्टीको आगामी रणनीति पनि तय गर्नेछ। उक्त बैठकबाट केन्द्रीय नेताहरुको कार्यविभाजन सम्बन्धि नयाँ खाका ल्याउने संभावनापनि रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *