नेकपा (एमाले) का सबै केन्द्रीय नेताहरुको जिम्मेवारी बाडफाड (यस्तो छ जिम्मेवारी सुचि)

काठमाडौं । नेकपा एमालेले मातहतका विभिन्न कमिटीहरूलाई पूर्णता दिँदै नेताहरूको जिम्मेवारी टुंग्याएको छ । १० औं महाधिवेशनबाट नयाँ कार्यसमिति चुनेको एमालेले नेताहरूको कार्यविभाजन टुंगो लगाएको हो ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा पाएका छन्। उपाध्यक्षहरू युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह, अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय र रामबहादुर थापालाई कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा हेर्ने गरी कार्यविभाजन गरिएको छ ।

अर्का उपाध्यक्ष विष्णु पौडेललाई पार्टीको सांगठनिक कामको अनुगमन गर्ने र सुवास नेम्वाङलाई संसदीय मामिला हेर्ने कार्यक्षेत्र दिइएको छ। उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजकीय मामिला हेर्ने छन् ।

महासचिव शंकर पोखरेलले अब एमालेको सांगठनिक कामको संयोजन गर्नेछन् भने उपमहासचिव प्रदीप ज्ञवालीले स्कुल विभागको नेतृत्व गर्नेछन् ।

पृथ्वी सुब्बा गुरुङलाई प्रचार प्रसार तथा प्रकाशन विभाग इञ्चार्जको जिम्मेवारी पाएका छन् । अर्का उपमहासचिव विष्णु रिमाललाई भने निर्वाचन विभाग प्रमुखको जिम्मेवारीका अतिरिक्त आर्थिक तथा कोष व्यवस्थापनको काम पनि दिइएको छ ।

माओवादीबाट एमाले बनेका टोपबहादुर रायमाझीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग र लेखराज भट्टले सुदूरपश्चिम प्रदेश इञ्चार्ज बनाइएको छ । स्थायी कमिटी सदस्य मणि थापालाई भूमि व्यवस्था विभागको जिम्मेवारी दिइएको छ ।

गोकर्ण विष्टलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ विभाग, योगश भट्टराईलाई स्वास्थ्य तथा जनसंख्यासँगै राष्ट्रिय स्वास्थ्यकर्मी संघ तथा सम्बद्ध संगठन हेर्नेछन् ।

छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्याकुमारी अर्याललाई क्रमशः लुम्बिनी प्रदेश, प्रदेश नं. २ र गण्डकी प्रदेशको इञ्चार्ज तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *