कृत्रिम खुट्टाको सहायताले सगरमाथाको आरोहण गर्ने हरिबहादुरलाई एमालेले गर्‍यो सम्मान

काठमाडौं ! कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हरिबहादुर बुढामगरलाई नेकपा एमालेले सम्मान गरेको छ ।

आइतबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका बुढामगरलाई सम्मान गर्नु भएको छ । उक्त समारोहमा एमालेका अन्य पदाधिकारीहरुको पनि उपस्थित थियो। उहाँहरुले पनि सम्मान गर्नु भएको थियो।

आरोही बुढामगर सगरमाथा आरोहण गरी मंगलबार काठमाडौं फर्किनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *