सत्ता पक्षबाट आधारहिन बिषयमा आरोप लगाएको भन्दै एमालेद्वारा संसद अवरोध

काठमाडौँ ! सत्ता पक्षका सांसदले आधारहिन बिषयमा एमालेमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै नेकपा एमालेले संसद अवरोध गरेको छ। उक्त अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

सत्तापक्षका नेताले विना कुनै आधार भ्रष्टाचारको आरोप लगाएको भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाएका थिए।

त्यस लगत्तै सांसद् हृतराज पाण्डे बोल्ने क्रममा एमालेका सांसद्ले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित भएको जानकारी गराएका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *