सत्तापक्षको निर्देशनमा अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का बनाइयो : महासचिव पोखरेल

काठमाडौं ! नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्षको निर्देशनमा अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का बनाइएको बताउनु भएको छ।

आज बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै महासचिव पोखरेलले पीडित भनिएकाहरूले सार्वजनिक गरेका र पीडितसँगको संवादका क्रममा अभियुक्तहरूले नै नाम लिएका अडियो–भिडियो सामाजिक सञ्जालमा छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिनको प्रक्रियामा नल्याइएको उल्लेख गर्नु भयो।

उहाँ लेख्नुहुन्छ, ‘पीडित भनिएकाहरूले सार्वजनिक गरेका र पीडितसँगको संवादका क्रममा अभियुक्तहरूले नै नाम लिएका अडियो–भिडियो सामाजिक सञ्जालमा छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिनको प्रक्रियामा नै नल्याइकनै सत्तापक्षको निर्देशन अनुरूपको अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का रूपमा तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाइएको कुरा सार्वजनिक हुँदा शुरूदेखि नै गरिएको आशंकालाई पुष्टि गरेको छ । यति संवेदनशील र गम्भीर अपराधका विषयमा गरिएको यस प्रकारको कमजोरीको जति आलोचना गरेपनि कम हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *