एमालेका सबै जनवर्गीय संगठनका पदाधिकारीको बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गर्नु हुँदै

काठमाडौं ! जनवर्गीय संगठनहरुको महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेले आज पदधिकारीहरुको बैठक राखेको छ ।

दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा हुने बैठकमा २३ वटै जनसंगठनका अध्यक्ष सहित पदाधिकारी र आयोगका अध्यक्षहरु सहभागी हुनेछन् । बैठकलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

नेता रिजालका अनुसार हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेका निर्णय र पास गरेका प्रस्तावलाई सबै जनसंगठनहरुले अपनत्व लिएर त्यसै अनुसारका कार्ययोजना बनाउन निर्देशन गरिनेछ । बैठकमा सबै जनसंगठनका अध्यक्षहरुले हालसम्म गरेका कामहरुको प्रगति विवरण पनि पेश गर्नेछन् । बैठकलाई उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेले पनि निर्देशनात्मक सम्बोधन गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *