संसदमा आजबाट नीति तथा कार्यक्रममा छलफल हुँदै : केपी ओलीले आफ्नो धारणा राख्ने

काठमाडौँ ।  सङ्घीय संसद् अन्तर्गत रहेका दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक अपराह्न १ बजे बस्दैछ ।

आजको बैठकमा गत शुक्रवार सरकारले पेस गरेको  नीति तथा कार्यक्रममाथि सांसदहरुले आ आफ्नो धारणा राख्न कार्यसूची छ । जसअनुसार सरकारको नीति तथा कार्यक्रममाथि १० गतेसम्म सांसदहरूले धारणा राख्ने छन् ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नो धारणा राख्नु हुने एमालेले जनाएको छ। प्रमुख प्रतिपक्षी दल एमालेले यो नीति तथा कार्यक्रम कागजको खोस्टो मात्र भएको र यसले जनताका वर्तमान समस्या,देशको वर्तमान विद्यमान समस्या सम्बोधन नगर्ने बताउँदै आएको छ। यसैअनुरुप आज अध्यक्ष ओलीले सम्बोधन गरिने भनिएको सम्बोधन चासोका साथ प्रतीक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *