एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौं ! भोलिदेखि सुरु हुने नीति तथा कार्यक्रमबारे सदनमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफल गर्न आज एमालेको संसदीय दलको बैठक बस्दैछ।

दिउँसो २ बजेदेखि संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा हुन लागेको बैठकमा पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने जनाइएको छ।

हिजो शुक्रबार सरकारद्वारा प्रस्तुत आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमबारे संसदमा एमालेले खेल्ने भूमिकाका बारेमा बैठकमा छलफल हुने जनाइएको छ। सो क्रममा एमालेका सांसदले खेल्ने भुमिकाका बारेमा अध्यक्ष ओलीले विशेष प्रशिक्षण दिनु हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *