एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं  ! केन्द्रीय कमिटी बैठक जारी रहेकै बेला नेकपा एमालेको स्थायी कमिटी बैठक आज विहान बस्दैछ ।
हिजो केन्द्रीय कमिटीले प्रस्ताव गरेका वार्षिक कार्ययोजनाका विषयमा छलफल र संसोधन सहित पास गर्न आज स्थायी कमिटी बैठक बस्न लागेको हो । एमाले केन्द्रीय कार्यलयका अनुसार विहान ८ बजे देखि केन्द्रीय कार्यलय च्यासलमा स्थायी कमिटी बैठक बस्नेछ । स्थायी कमिटीले अन्तिम रुप दिएको कार्ययोजनालाई पुन दिउसो १ बजे देखि बस्ने केन्द्रीय कमिटीले अनुमोदन गर्ने एक पदाधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी निर्वाचनमा बहुमत ल्याउने गरी एमालेले एक वर्षे नयाँ कार्ययोजना सावर्जनिक गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *