काठमाडौं ! प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय समिति बैठक बिहीबारदेखि सुरु हुँदैछ । पार्टी कार्यालय च्यासलमा बस्ने बैठकका लागि यसअघि नै १० एजेण्डा तय भइसकेको छ । वैशाख २६ मा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा छलफलका लागि १० वटा एजेन्डा तय गरेको हो ।
जसअनुसारबैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ । साथै चौथो केन्द्रीय कमिटी बैठक यताका विभिन्न निर्णयहरू अनुमोदन गरिने छ ।
यस्तै, बैठकमा केन्द्रीय आयोगका प्रमुखहरूको प्रतिवेदन प्रस्तुत, मिसन ग्रासरुटको समीक्षा, प्रदेश कमिटीको वार्षिक कार्ययोजना, स्थायी कमिटीको बैठक र वार्षिक कार्ययोजना, कार्य विभाजन, पार्टी प्रवेशीको व्यवस्थापन र समसामयिक विषयमा छलफल हुने एमाले स्रोतले जनाएको छ।