विधिको शासनलाई सम्मान गर्दै एमालेले गर्‍यो टोप बहादुर रायमाझीलाई निलम्बन

काठमाडौं ! नक्कली भुटानी शरणार्थी बारे आरोपित मध्यका एक एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गरेको छ। नेकपा एमालेले सचिव रायमाझीलाई उनको मुद्दा किनारा नलाग्दासम्म पार्टीको जिम्मेवारीबाट निलम्बन गरेको हो।

‘हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गंभीरतापूर्वक लिंदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो,’ एमाले महासचिव शंकर पोखरेलले बुधबार दिउँसो जारी विज्ञप्तिमा भनिएको छ।

उक्त बिज्ञप्ति र निलम्बनसँगै  एमालेले रायमाझीलाई अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियामा गम्भिरता पूर्वक सघाएको छ। विधिको शासनको वकालत गर्नेमध्यको एक ठूलो पार्टी एमालेको उक्त कदमबाट सकारात्मक सन्देश गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *