एमाले क्रेज : जनमोर्चा कैलाली जिल्ला उपाध्यक्ष सहित नेता कार्यकर्ताहरु एमालेमा प्रवेश

काठमाडौं । राष्ट्रिय जनमोर्चाका कैलालीकी उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य गोर वहादुर विक लगायत ११ जनाले जनमोर्चा परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन ।

नेकपा (एमाले) कैलालीका अध्यक्ष रतन थापा, उपाध्यक्ष रण वहादुर चन्द, पार्टी सचिव दान बहादुर विश्वकर्मा (चित्रण) ले टीका र खादा लगाएर बिक सहित १० जनालाई पार्टिमा स्वागत गरेका हुन ।

राष्ट्रिय जनमोर्चाबाट एमाले प्रवेश गर्नेमा उपाध्यक्ष बिक, जिल्ला कमिटी सदस्य बाजी बिक, कैलारी गाउपालीकाबाट गाउ कमिटी सदस्यहरु टिकादेबि टमटा, मोतिसिह टमटा, लक्ष्मिदेबि बिक, सन्त कोली र बिर बहादुर बिक रहेका छन ।
त्यस्तै बदैगोरीयाका बालकुमार स्वर्णबार, गौरीगगाका जमुना देबि सुनार र बिकास बिकले पार्टि प्रवेश गरेका हुन । पार्टि प्रवेश कार्यक्रममा जिल्ला कमिटीका नेता, धनगढी नगरकमिटी अध्यक्ष, कैलारी गाउपालिका अध्यक्ष लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।                                                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *