झापामा राखिएको एमालेको केन्द्रिय कमिटी बैठक अब काठमाडौंमै बस्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक काठमाडौंमै बस्ने भएको छ। आउँदो २८ देखि ३० गतेसम्म झापामा बोलाएको केन्द्रीय कमिटी बैठक अब काठमाडौंमा नै बस्ने भएको छ । यसअघि झापामा बस्ने भनिएर एमाले झापा जिल्ला कमिटीले बैठक स्थलको तयारी गरिरहेको थियो।

संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्नेलगायतका कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै सारिएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *