एमाले सुदूरपश्चिमले सरकारलाई भन्यो : अध्यक्ष ओलीमाथि भएको दुव्र्यवहारमा संलग्नलाई कारबाही गर

धनगढी ! नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले अध्यक्ष केपी शर्मा ओलीमाथि उहाँको गृह प्रदेशमा सत्ताधारी दलका कार्यकर्ताबाट भएको दुव्र्यवहार र आक्रमणको प्रयासको प्रेस बिज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको छ।। एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकद्वारा हस्ताक्षरित उक्त प्रेस बिज्ञप्तिमार्फत ध्यानाकर्षणका साथै उक्त घटनाको घोर भत्सर्ना गरेको हो।

एमाले अध्यक्ष ओली गत बैशाख १३ गते पार्टीको पुर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जाने क्रममा झापा जिल्लाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा सत्तापक्ष दल माओवादी र नेकपा एसका कार्यकर्ताले दुव्र्यवहार एवं आक्रमणको प्रयास गरेका थिए। सो घटनालाई लिएर सरकार शान्तिसुरक्षाका लागि जिम्मेवार नबनेको भन्दै सदनदेखि सडकसम्म आलोचना भैरहेको छ। सोही क्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पनि उक्त घटनालाई सामान्य रुपमा नलिई राज्यलाई जिम्मेवार बन्न ध्यानाकर्षण एवं सचेत गराउनुका साथै घटनामा संलग्नहरुलाई यथाशीघ्र कारबाहीका लागि जोडदार माग गरेको छ। यस्तो छ कमिटीले जारी गरेको प्रेस बिज्ञप्ति-                                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *