सरकारले अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय खारेज नगरे कठोर कदम चाल्ने एमालेको चेतावनी

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रतिनिधिसभा बैठकमा आर्थिक संकट भएका बेला राज्यको ढुकुटीको दोहन हुने गरी अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय तत्काल खारेज गर्न माग गर्नु भएको छ। उहाँले आज बसेको प्रतिनिधि सभा बैठकमा उक्त माग गर्नु भएको हो।

“माओवादीको अयोग्य लडाकुका नाममा ४८ सय व्यक्तिलाई राज्य कोषको ढुकुटीबाट दुई–दुई लाख नगद निकालेर बाँड्ने चलखेल हुँदै छ । कार्यविधि बनाएर पैसा बाँडिदैछ भन्ने सुनिएको छ,” उहाँले भन्नुभयो।

प्रमुख सचेतक गिरीले सत्य निरुपणको बाँकी काममा सरकारलाई ध्यान नभएको बताए । तत्कालीन माओवादी नेतृत्वले ९५ करोड बुझेर लगेको पैसा कहाँ गयो भन्ने विषय अनुतरित नै रहेको बताउनुभयो। सरकारले राज्य कोषबाट दोहन गरेको भन्दै फिर्ता नलिए जस्तोसुकै कदम चाल्नेपनि चेतावनी दिनुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *