एमाले शिक्षा विभागको उपप्रमुखमा जेएन थपलियालाई जिम्मेवारी

काठमाडौं ! नेकपा (एमाले) का प्रभावशाली नेता एवं पार्टी केन्द्रिय सदस्य जगन्नाथ थपलिया(जेएन) ले शिक्षा विभाग उपप्रमुखको जिम्मेवारी पाउनु भएको छ।

हिजो सम्पन्न पार्टिको दशौ महाधिवेशनपछि निर्वाचित केन्द्रिय कमिटिको दोस्रो बैठकले उहाँलाई सो जिम्मेवारी दिएको हो। विभागको प्रमुखमा स्थायी कमिटी सदस्य गुरु बरालले जिम्मेवारी पाउनु भएको छ। थपलिया चितवनका पुराना नेता एवं जिल्लाका पुर्व पार्टी अध्यक्षपनि हुनुहुन्छ।

हिजो सम्पन्न केन्द्रिय कमिटी बैठकले केन्द्रिय सबै नेताहरुलाई जिम्मेवारी बाडफाड गरेको थियो। १० प्रतिशत सदस्य मनोनयन,पोलिटव्युरो/स्थायी कमिटी गठन,विभिन्न विभागहरुमा नेताहरुलाई जिम्मेवारी बाडफाड,प्रदेशमा रिक्त पदाधिकारीहरुको पदपूर्ति लगायत समसामयिक विसयहरुमा समिक्षा गरि बैठक सकिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *