एमाले सुदुरपश्चिम प्रदेश कमिटीमा नयाँ जिम्मेवारी : अध्यक्षमा दामोदर भण्डारी र सचिवमा धर्मराज पाठक

काठमाडौं ! आज सम्पन्न नेकपा (एमाले) को दोस्रो केन्द्रिय कमिटिको बैठकले पार्टीको प्रदेश कमिटीहरुमा रिक्त पदाधिकारीहरुको पदपूर्ति गरेको छ।

दशौ महाधिवेशनबाट केन्द्रिय कमिटिमा निर्वाचित प्रदेश कमिटी पदाधिकारीको ठाउँमा नयाँलाई जिम्मेवारी दिइएको हो।पार्टिको नयाँ विधान अनुसार केन्द्रिय कमिटी सदस्यले प्रदेश कमिटिमा बस्न बन्देज गरेको छ ।

आज सम्पन्न केन्द्रिय कमिटिको बैठकले प्रदेश कमिटी सचिवालय सदस्य एवं बैतडीबाट प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीलाई सुदुरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी दिएको छ । भण्डारी प्रदेशका प्रभावशाली नेताका रुपमा चिनिनुहुन्छ साथै प्रदेश सचिवको रुपमा कैलाली जिल्ला सचिवालय सदस्य धर्मराज पाठकलाई जिम्मेवारी दिएको छ।पाठक एमाले सुदुरपश्चिममा बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्छ।बैठकले उपाध्यक्ष,सह-सचिवहरुलाई पनि मनोनित गरेको छ।
सुदुरपश्चिम प्रदेशबाट तत्कालीन प्रदेश अध्यक्ष कर्ण बहादुर थापा दशौ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भै हाल स्थायी कमिटी सदस्यमा मनोनीत हुनुभएको छ भने तत्कालीन प्रदेश सचिव राजेन्द्र रावल केन्द्रिय सदस्यमा निर्वाचित हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *