अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास गरिएको भन्दै गिरीले गराए संसदमा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पार्टीका अध्यक्ष केपी शर्मा ओली सहभागी झापाको बुधबारेमा आयोजित कार्यक्रममा सत्तापक्षकै कार्यकर्ताहरुले अवाञ्छित गतिविधि गरेको भन्दै आपत्ति जनाएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै प्रमुख सचेतक गिरीले पार्टीद्वारा आयोजित सो कार्यक्रममा पार्टी अध्यक्ष ओली सहभागी कार्यक्रम बिथोल्ने, ढुंगामुडा गर्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन्।

उनले मुलुकको शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको सत्तापक्षले नै अध्यक्ष ओली सहभागी कार्यक्रममा होहल्ला गर्ने, ढुंगामुडा गर्ने र कार्यक्रम नै बिथोल्ने प्रयास गरेको भन्दै आक्रोश व्यक्त गरे।

प्रमुख सचेतक गिरीले घटनामा संलग्नहरुलाई खोजिगरी कारबाही गरिनुपर्ने र शान्ति सुरक्षामा सरकारले ध्यान दिनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *