कैलालीबाट एमाले पोलिटव्युरोमा प्रभावशाली नेताद्वय नारदमुनी राना र लिला भण्डारी

काठमाडौं ! नेकपा(एमाले) को आज सम्पन्न दोस्रो केन्द्रिय कमिटी बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजोबाट सुरु भएको बैठकले केन्द्रिय कमिटिमा दश प्रतिशत सदस्य मनोनयन,पोलिटव्युरो गठन,स्थायी कमिटी गठन लगायत विभिन्न जिम्मेवारीहरु बाडफाड गरेको छ। साथै सातै प्रदेशको इन्चार्ज समेत तोकेको छ।

आज सम्पन्न बैठकले ९९ सदस्यीय पोलिटव्युरो गठन गरेको छ । जसमा कैलाली जिल्लाबाट प्रतिनिधि सभा सदस्य एवं पुर्वमन्त्री नारदमुनी राना र संविधानसभा सदस्य एवं पुर्वराज्यमन्त्री लिला भण्डारी पार्टिको पोलिटव्युरोमा मनोनीत हुनुभएको छ।आज मनोनीत हुनेमा कैलाली जिल्लाबाट उहाँहरु दुईजना मात्र हुनुहुन्छ।यस अघि राना पार्टिको कैलाली जिल्ला इन्चार्ज र भण्डारी पार्टी जिल्ला सह-इन्चार्जमा हुनुहुन्थ्यो। उहाँहरु कैलालीको मात्र नभएर सुदुरपश्चिमकै प्रभावशाली नेतृत्व हुनुहुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *