नेकपा (एमाले) को स्थायी कमिटी सदस्यमा सुदुरपश्चिमबाट प्रभावशाली नेता कर्ण बहादुर थापा मनोनीत

काठमाडौं ! नेकपा(एमाले) को आज सम्पन्न दोस्रो केन्द्रिय कमिटी बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजोबाट सुरु भएको बैठकले केन्द्रिय कमिटिमा दश प्रतिशत सदस्य मनोनयन,पोलिटव्युरो गठन,स्थायी कमिटी गठन लगायत विभिन्न जिम्मेवारीहरु बाडफाड गरेको छ।

४५ सदस्यीय स्थायी कमिटीमा सुदुरपश्चिमबाट सचिवमा निर्वाचित लेखराज भट्ट स्वत: पर्नुभएको थियो भने आज सम्पन्न बैठकले प्रभावशाली नेता कर्ण बहादुर थापालाई मनोनीत गरेको छ।यो सगै सुदुरपश्चिमबाट स्थायी कमिटिमा लेखराज भट्ट र कर्ण बहादुर थापा रहनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *