पर्सा राष्ट्रिय निकुञ्जको सिमाना हेरफेर गर्न र मध्यवर्ती क्षेत्र खारेज गर्न एमाले सचेतकको माग

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले पर्सा राष्ट्रिय  निकुञ्जको सिमाना हेरफेर गर्न र मध्यवर्ती क्षेत्र खारेज गर्न माग गरेका छन् ।

बुधवार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सचेतक बर्तौलाले मकवानपुर क्षेत्र नम्बर २ को मनहरी गाउँपालिका र हेटौँडा नगरपालिका वडा नम्बर १२, १३, १४ र १५ वडा नम्बरमा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको कारणले गर्दा निकै लामो समयदेखि त्यहाँका जनताले समस्या भोगिरहेको जानकारी गराएका छन् ।

उनले पर्सा राष्ट्रिय निकुञ्जको हेरफेर र मध्यवर्ती क्षेत्रको खारेजीको विषय त्यहाँका जनताको माग रहेको बताए ।  मध्यवर्ती क्षेत्रका कारण आफ्नो आँगन भत्कँदा खोलाबाट बालुवा ल्याउन समेत नपाउने, पालिका भित्रको गिटी बालुवा झिक्न पनि अनुमति लिन बारामा राष्ट्रिय निकुञ्जमा जानुपर्ने र एक ट्याक्टर बालुवा पाउने अवस्था रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *