काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज आइतबार बिहान बस्दैछ। बैठक अहिले बिहान ११ बजे भक्तपुरको गठ्ठाघरमा बस्नेछ।
शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीमा १५ एजेण्डा छन् । पहिलो दिनको बैठकमा सपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराइएको थियो भने पार्टीको केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको थियो ।
त्यस्तै, आगामी २३ पुसमा जिल्ला अधिवेशन एकै साथ र ८ माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकैसाथ निर्देशन दिइएको छ ।
बैठकले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने र प्रदेशमा रिक्त रहेका पदाधिकारीहरू मनोनित गर्नेछ । बैठक सञ्चालन कार्यविधि बनाउने बैठकका एजेण्डा छन् ।