एमाले गाेदावरी नगर कमिटीका उपाध्यक्ष सन्तोष सिंह लगायतले लिए शपथ

कैलाली ! नेकपा एमाले गाेदावरी नगर कमिटीका उपाध्यक्ष सन्ताेष सिंह लगायत नगर कमिटी सदस्यहरुकाे शपथ ग्रहण सम्पन्न भएको छ। गत मंसिर १७ गते नगर कमिटी उपाध्यक्षमा मनोनीत सिंह लगायत सदस्यहरुको आज शपथ गराइएको हो। समारोहमा पार्टी जिल्ला कमिटी का.वा.अध्यक्ष दुर्गा जोशीको प्रमुख आतिथ्यतामा उक्त शपथ गराइएको हो।

शपथपछि प्रतिक्रिया दिंदै उपाध्यक्ष सिंहले गोदावरी नगरमा एमालेलाई सधैं पहिलो पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टीले संचालन गरेको मिसन ग्रासरुट अभियानबाट पार्टी कमिटीहरु सशक्त र चलायमान भएको पनि प्रतिक्रिया दिए।                                                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *