नेकपा (एमाले) को केन्द्रिय कमिटी बैठक आजबाट सुरु हुँदै : यस्ता छन बैठकका एजेन्डाहरु

काठमाडौं ! नेकपा (एमाले) को दशौ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटिको दोस्रो बैठक आज भक्तपुरमा बस्दैछ।

पहिलो बैठक महाधिवेशन स्थल सौराहामै सम्पन्न भएको थियो।सोही बैठकले दोस्रो बैठक यहि मंसिर २५ र २६ गते गर्ने निर्णय गरेको थियो।
आज बस्ने बैठक निकै महत्त्वपूर्ण मानिएको छ।
बिहान ११ बजेबाट सुरु हुने भनिएको बैठक दिउँसो १ बजेलाई सारिएको छ ।आजको बैठकमा स्थायी कमिटिको गठन,पोलिटव्युरो गठन,केन्द्रिय कमिटिमा विधान बमोजिम १० प्रतिशत मनोनयन लगायत जिल्ला र प्रदेशका बाकी अधिवेशनहरुको मिति तोकिने सभ्यखबरलाई जानकारी प्राप्त भएको छ।

एमालेको विधान बमोजिम ३०१ निर्वाचित कमिटिको १० प्रतिशत केन्द्रिय कमिटी सदस्य मनोनयन गर्न पाउने प्रावधान छ। त्यसमा ३३ प्रतिशत महिला,जनजाति,पिछाडिएको क्षेत्र,खसआर्य,दलित लगायत कोटाबाट छानिनेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *