मधेस प्रदेश सरकारबाट बाहिरिंदै एमाले

काठमाडौं ! मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ।
संघमा गठबन्धन भत्किएको झण्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट बाहिरिन लागेको एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले जानकारी दिए।

एमालेबाट मधेस सरकारमा रहेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले आज दुई बजे राजीनामा दिन लागेको मन्त्री यादवले बताए।

‘गएराति मुख्यमन्त्रीज्यूले फोन गरेर हामीलाई राजीनामा गर्न भनेपछि राजीनामा गर्न लागेका हौं,’ उनले भने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *