एमाले अध्यक्ष ओलीले पत्रकारहरु सँग अन्तरक्रिया गर्नुहुदै

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवनको सौराहामा भएको १०औँ राष्ट्रिय महाधिवेशनपछि आज पहिलोपटक  पत्रकारसँग भेटघाट गर्न लाग्नु भएको छ। अध्यक्ष ओलीले आज दिउँसो साढे १२ बजे पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्न लाग्नु भएको छ ।

प्रेस चौतारी नेपालको आयोजनामा तीनकुनेस्थित रोयल बैंक्वेटमा पत्रकार साक्षात्कार कार्यक्रम आयोजना गरिएकाे प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो।

सौराहामा १० मंसिरदेखि भएको महाधिवेशनले ओलीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित गरेको थियो ।
यहि २५ र २६ मंसिरमा एमाले केन्द्रीय कमिटीको बैठक बस्नुअघि हुने पत्रकार भेटघाटमा समसामायिक राजनीतिक परिस्थिति, आगामी रणनीति तथा पार्टी अभियानबारे अध्यक्ष ओलीले धारणा राख्नु हुने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *