तनहुँ – १ मा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले गरे उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं ! तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेका तर्फबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन् ।

उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन् ।

१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ । अन्य दलका उम्मेदवारले पनि उम्मेदवारी मनोनयन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *