एमालेप्रति जेष्ठ नागरिकको मोह : नब्बे बर्षीय जयसिहं सेजुवालले दिए सदस्य बन्न आवेदन

कालीकोट । कालीकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नं ४ का ९० बर्षीय एक बृद्धले नेकपा (एमाले) को पार्टी सदस्यका लागि आवेदन दिनुभएको छ ।
नेकपा (एमाले) ले सुरु गरेको मिसन ग्रासरुट अन्तर्गत भइरहेका कार्यक्रमका क्रममा वडा नं ४ का ९० वर्षीय वयोबृद्ध जयसिहं सेजुवालले  आफूलाई नेकपा (एमाले) को पार्टी सदस्य बनाउन माग गर्दै आवेदन दिनु भएको हो ।
विक्रम सम्वत १९८९ साल जेठ १० गते जन्मिनु भएका सेजुवालले उमेर घर्किंदै गए पनि पार्टी सदस्यताको इच्छा युवा उमेरमा जस्तै भएको सुनाउनुभयो ।
मिसन ग्रासरुटका लागि पार्टीका केन्द्रीय प्रतिनिधि तथा पार्टीका केन्द्रीय सदस्य दल रावल पचालझरना वडा नं. ४ मा पुग्नुभएको बेला सेजुवालले पार्टी सदस्यका लागि आवेदन फारम बुझाउनु भएको हो ।
केन्द्रीय सदस्य रावलले सेजुवाल जस्तै धेरै बृद्धहरूले आफूहरू लामो समयदेखि एमालेको समर्थक रहेको र रहिरहने तर पार्टी सदस्य भएर सक्रिय हुने शारिरीक अवस्था नभएको वताउनुभएको जानकारी गराउनुभयो ।
नेता रावलले खास एमाले गाउँमा रहेको र सही समयमा पार्टीले मिसन ग्रासरुट थालेर एमालेप्रति सधै आस्था राख्ने र बर्षौदेखि सूर्य चिन्हमा मताधिकार प्रयोग गर्दै आएका जनतासँग भेटघाट र उनीहरूका समस्या बुझ्ने अवसर पाएको सुनाउनुभयो ।
नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीका सदस्य प्रकाश रोकायासँगको कुराकानीमा सेजुवालले आफू अझै दश वर्षसम्म बाँच्ने र अब दुई पटक पार्टीलाई मतदान गर्ने भएकाले यो अवधिमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको पार्टी सदस्यता लिने इच्छा भएको वताउनुभएको थियो । पचालझरनाका धेरै ज्येष्ठ नागरिकले यसपाली पार्टी सदस्यताका लागि आवेदन फाराम भर्नुभएको वताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *