एमालेको सचिवालय बैठक शनिबार बस्दै : उपनिर्वाचनको उम्मेदवार बारे निर्णय हुने

काठमाडौंं । नेकपा (एमाले)ले आसन्न उपनिर्वाचनका लागि शनिबार (भोलि) उमेदवारको टुंगो लगाउने भएको छ । पार्टीको सचिवालय बैठक बसेर उमेदवार टुंगो लगाइने उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

उनका अनुसार आजसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस हुने र भोलि बैठक बसेर उपनिर्वाचन हुन लागेका तीनै क्षेत्रमा उमेदवार तय गरिनेछ ।

बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *