तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालसहित ६ जनाको नाम उम्मेदवारमा सिफारिस

काठमाडौं ! तनहुँ–१ मा वैशाखमा १० गते हुने उपनिर्वाचन लड्न एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरिएको छ । यसअघि स्थायी कमिटी सदस्य किरण गुरुङ उठ्ने चर्चा भएपनि उनको नाम सिफारिस भएन ।

पूर्व आईजीपी खनालसहित रामबहादुर गुरुङ, मोहन विक, परितोस पौडेल, सोझा गुरुङ, किरण धितालको नाम सिफारिस गरिएको छ । बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले जिल्लामा आकांक्षीको नाम सिफारिस गरेको एकराज रानाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *