सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक समितिमा पठाएर छलफल हुनुपर्छ : प्रमुख सचेतक गिरी

काठमाडौँ – एमाले प्रमुख सचेतक पदम गिरीले सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने बताएका छन्।

शनिवार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग उनले संसद्मा पेस भइसकेपछि संसदमा विभिन्न ढंगले विधेयकमा छलफल हुने र संशोधन हुने बताए। उनले यसलाई टुंगोमा पु¥याउन भने संसदीय समितिमै छलफल गर्नुपर्ने आवश्यकता औँल्याए। विधेयकमा अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको भन्दै उनले संसद्बाट हतारका साथ पारित गरेर जानु नहुने बताए।

प्रमुख सचेतक गिरीले आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली पेस गर्ने सहमति भएको बताए। उनले बैठकमा एमालेले प्रमुख प्रतिपक्षको रूपमा आफूहरूको सिट व्यवस्थापन हुनुपर्ने माग गरेको बताए। उनले सो विषयमा आइतवार साढे १० बजे कांग्रेसले बैठक बसेर यसबारे आफ्नो धारणा राख्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा बताएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *