एमालेको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त हुनु भएको छ। आज सोमबार उहाँलाई दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नियुक्त गर्नु भएको हो।

यसअघि अध्यक्ष ओलीले हिजोमात्र दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *