एमाले अध्यक्ष ओली लगायत नवनिर्वाचित पदाधिकारीहरुले गर्नु भयो पद बहाली (फोटो फिचरहरु)

काठमाडौं ! नेकपा (एमाले) को दशौ महाधिवेशनबाट निर्वाचित अध्यक्ष लगायत पदाधिकारीहरुले आज पद बहाली गर्नु भएको छ।थापाथली स्थित पार्टी कार्यालयमा दिउँसो १ बजे आयोजित कार्यक्रममा सर्वप्रथम अध्यक्ष केपी शर्मा ओलीले पद बहाली गर्नुभएको हो।पद बहालीपछि अध्यक्ष ओलीले संचारकर्मीहरु सग अन्तरक्रिया पनि गर्नुभएको थियो।

अध्यक्ष ओलीको पद बहाली सकिएपछि लगत्तै निर्वाचित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्षहरु अस्टलक्ष्मी शाक्य,रामबहादुर थापा बादल,युवराज ज्ञावाली,बिष्णु पौडेल,सुरेन्द्र पाण्डेले पनि पद बहाली गर्नुभयो।

त्यस्तै महासचिव शंकर पोखरेल,उपमहासचिवहरु प्रदीप ज्ञावाली,बिष्णु रिमाल,पृथ्वीसुब्बा गुरुङ,सचिवहरु योगेश भट्टराई,गोकर्ण बिस्ट,टोप बहादुर रायमाझी,लेखराज भट्ट,पद्मा अर्याल,रघुवीर महासेठले पनि पार्टी कार्यालयमा पद बहाली गर्नु भएको छ। उहाँहरुले पद बहाली गरिसके पछिको फोटो सेसन यस्तो छ।                                                                                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *