एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यद्वारा उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता

काठमाडौं ! उपराष्ट्रपति पदमा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनु भएको छ।

शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उहाँले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनु भएको हो।

सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल सहितका नेताहरु पनि पुग्नु भएको थियो।  उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता आज हुँदैछ भने निर्वाचन ३ चैतमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *