काठमाडाैं ! प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बाेलाएकाे छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बिहान ९ बजे बस्ने गरी एमालेले सचिवालयको बैठक बोलाएको हाे ।
बैठकले उपराष्ट्रपतिकाे उम्मेदवार टुंगाे लगाउने बताइएकाे छ। बैठकमा राष्ट्रपति चुनावकाे समिक्षाका साथै राष्ट्रिय राजनीतिबारे पनि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयाे।