एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले आज पद बहाली गर्नुहुदै

काठमाडौं ! चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट पुनः निर्वाचित हुनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पद बहाली गर्ने कार्यक्रम रहेको छ ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार दिउसो १ बजे अध्यक्ष ओलीले थापाथली स्थित केन्द्रीय कार्यलयमा पद बहाली गर्ने कार्यक्रम तय गरिएको छ । एमाले दशौ महाधिवेशन यहि मंसिर १०-१४ सम्म चितवनमा रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *