नवनिर्वाचित एमाले महासचिव पोखरेलद्वारा मदन-आश्रितको शालिकमा माल्यार्पण

काठमाडौं ! नेकपा एमालेका नवर्निवाचित महासचिव शंकर पोखरेलले मदन आश्रितको शालिकमा माल्यार्पण गर्नुभएको छ । दशौं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएसँगै पोखरेलले बुधबार चितवनको दासढुंगामा रहेको मदन आश्रितको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

जनताको बहुदलीय जनवाद (जबज) एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रितको शालिकमा माल्यार्पण गर्दै महासचिव पोखरेलले मदन आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने दृढ संकल्प गर्नुभयो साे कुरा उहाँका स्वकीय सचिव सराेज रेग्मीलाई जानकारी दिनु भयो । बदलियो राजनीतिक परिवेशमा जबजको सान्दर्भिकता बढेर गएको भन्दै महासचिव पोखरेलले जबजको मर्म अनुसार नै एमाले अगाडि बढ्ने बताउनुभयो ।

दशौं महाधिवेशनस्थल सौराहाबाट दासढुंगा पुग्नुभएका पोखरेलले जनतालाई खुसी र सुखी बनाउन सके मात्र मदन–आश्रितप्रति सच्चा सम्मान हुने बताउनुभयो । स्वकीय सचिब रेग्मीका अनुसार  उक्त अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य शुजिता शाक्यलगायतले मदन आश्रितको शालिमा माल्यार्पण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *