सरकारले राष्ट्रिय स्वाभिमानलाई लत्याएको एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको आरोप

काठमाडौं ! नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार र सत्तारुढ पाँच दलीय गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई लत्याएको आरोप लगाउनु भएको छ। पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ उपाध्यक्ष पोखरेलले भारतीय सीमा सुरक्षा बलले तुइन काटेर नेपाली नागरिकको हत्या हुँदासम्म सरकारले चुइँक्क बोल्न नसकेको भन्दै राष्ट्रियताको मामिलामा वर्तमान सरकारले निर्लज्जता बाहेक अरु केही देखाउन नसकेको बताउनु भयो।

बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकताको महाधिवेशनमा बोल्दै उनले राष्ट्र, राष्ट्रियता, समृद्धि र विकासको अभियानमा सबै राजनीतिक दलहरूलाई एकताबद्ध हुन पनि आह्वान गर्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले जुनसुकै विचारधारा उभिएको भएपनि राजनीतिक दलहरुले राष्ट्रलाई सर्वोपरि ठानेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘वर्तमान सरकार र सत्तारुढ दलहरुले संविधानको पालना गर्ने कुराको मतलब राख्नुपर्दैन । कानूनको बर्खिलापमा गए हुन्छ । जारी भएका विकासका योजनाहरुलाई समाप्त पार्ने कुरा गरे हुन्छ । राष्ट्रिय स्वाभिमान नामको चीजलाई लत्याए हुन्छ । यस खालको स्थिति हामीले देखिराखेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *