राष्ट्रपति निर्वाचनका लागि एमालेले आफ्ना साँसदहरुलाई आज प्रशिक्षण दिंदै

काठमाडौं ! आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेले आज आफ्ना साँसदहरुलाई प्रशिक्षण दिंदै छ।
एमाले अध्यक्ष ओलीको सचिवालय अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीनै तहका साँसदहरुको संयुक्त प्रशिक्षण हुदैछ ।

प्रशिक्षणमा प्रतिनिधीसभा,राष्ट्रियसभा र सातै प्रदेशका प्रदेशसभाका साँसदहरु उपस्थित हुनेछन् । कार्यक्रममा भाग लिन मिसन ग्रास रुटमा जिल्ला जिल्लामा खटिएका साँसदहरु काठमाडौं आउनेछन् ।

उक्त प्रशिक्षणमा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेद्वार सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति,विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण दिनुहुने उहाँको सचिवालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *