एमालेले आज पार्टी केन्द्रीय कार्यालयमा सुखानी स्मृति सभा गर्दै

काठमाडौं !  नेकपा एमालेले आज सुखानी दिवश पार्टी केन्द्रीय कार्यलयमा मनाउने भएको छ ।
पञ्चयाती व्यवस्था अन्त्य र जनअधिकारको पुनर्वहालीको अभियान सञ्चालन गरिरहेका बेला २०२९ सालमा पक्राउ परेका पाँचजना योद्धाहरुलाई फागुन २९ गते झापाको सुखानीमा गोली हानेर हत्या गरेको दिनको सम्झनामा सुखानी दिवश मनाइदै आइएको छ ।
रामनाथ दाहाल,नेत्र घिमिरे,नारायण श्रेष्ठ,वीरेन राजवंसी र कृष्ण कुंइकेललाई झापाको चन्द्रगढी जेलबाट इलाम जेल सार्ने बहानमा हालको अर्जुनधारा नगरपालिका र इलामको माइजोगमाइ नगरपालिका बीचको सुखानी जंगलमा लगेर हत्या गरिएको थियो ।
एमालेका अध्यक्ष केपी शर्मा ओली पनि त्यसबेला त्यही आन्दोलनमा हुनुहुन्थ्यो । उहाँलाई पक्राउ गर्न खोजेपनि उहाँ प्रहरीबाट छलिएर जोगिनु भएको थियो । उहाँहरुलाई हत्या गरेको अर्को वर्ष २०३० सालमा उहाँ पक्राउ परेर १४ वर्ष पञ्चायती सरकारले जेलमा राखेको थियो ।
सुखानी दिवशका अवसरमा आज एक बजे पार्टी केन्द्रीय कार्यलयमा स्मृति सभा आयोजना गरिएको केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *