नेकपा (एमाले) का चर्चित नेता जेएन थपलिया अत्याधिक मत ल्याइ केन्द्रिय सदस्यमा विजयी

काठमाडौ ! चितवनमा यहि मंसिर १० देखि १२ गतेसम्म आयोजना भएको पार्टिको दसौं महाधिवेशनबाट बागमती प्रदेशका प्रदेश सचिवालय सदस्य एवं चितवनका जनपृय नेता जगन्नाथ थपलिया(जेएन) केन्द्रिय सदस्यमा अत्याधिक मतले विजयी हुनुभएको छ ।

खुलातर्फ ८४ सदस्यका लागि भएको निर्वाचनमा १०० जना उम्मेदवार रहेका थिए।
सादा जीवन,कार्यकर्ता माझ निकै लोकप्रीय रहनु भएका नेता थपलियाले १७१६ लोकपृय मत ल्याइ खुलातर्फ विजयी हुनुभएको हो। १० देखि १२ गतेसम्म महाधिवेशन मिति भएपनी बन्दसत्र निर्वाचन प्रक्रियामा धकेलिएकोले हिजो १४ गतेमात्र महाधिवेशन सम्पन्न भएको हो।

दसौं महाधिवेशनबाट केपी शर्मा ओली पुनः दोस्रो पटक अध्यक्षमा अत्याधिक मतले निर्वाचित हुनुभएको छ।यो महाधिवेशनले उहाँ सगै १९ सदस्यीय पदाधिकारी निर्वाचित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *