दार्चुला काङ्ग्रेसका प्रभावशाली नेताहरु एमालेमा प्रवेश : केपी ओलीले गर्नुभयो स्वागत

काठमाडौं !दोस्रो पटक नेकपा एमालेको अध्यक्ष पदमा अत्याधिक बहुमतले विजयी हुन लाग्नु भएका पुर्वप्रधानमन्त्री केपी शर्मा द्रारा दार्चुलाका प्रभावशाली व्यक्तित्वहरु नेकपा एमालेमा प्रवेश गराउनु भएको छ । काङ्ग्रेस पृष्ठभुमि रहेका प्रभावशाली नेताहरु ओली बसिरहनु भएको होटल पार्क सफारी होटलमा गएर एक कार्यक्रमका बीच प्रवेश गर्नुभएको हो। दार्चुलाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद एवं पार्टी इन्चार्ज गणेशसिं ठगुन्ना र नेता हरदेव जोशीको संयोजनमा उहाँहरु प्रवेश गर्नुभएको हो।उक्त कार्यक्रममा प्रदेश इन्चार्ज एवं दशौ महाधिवेशनमा सचिवका उम्मेदवार लेखराज भट्ट,केन्द्रिय सदस्यमा निर्वाचित नेतृ निरुदेवी पाल,प्रदेश सदस्य हरदेव जोशी लगायत नेताहरुको उपस्थिति रहेको थियो।नेकपा एमालेको दशौ महाधिवेशनमा उम्मेदवारहरुको मतगणना जारी रहेको समयमा पनि नेताहरु एमाले प्रवेश गरेका हुन।
पार्टी प्रवेश गर्नेहरुको नाम यस प्रकार छ।
१-मदन सिं धामी
२-नरेश सिं धामी
३-राजेन्द्र सिं धामी                                                                   

← Back

Thank you for your response. ✨

Leave a Reply

Your email address will not be published. Required fields are marked *