पूर्वमन्त्री नारदमुनी रानाद्वारा थारु कोटाबाट एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं ! नेकपा (एमाले) सुदूर पश्चिमका सहइन्चार्ज तथा प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले एमाले दशौं महाधिवेशनमा थारु कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्नुभएको छ । एमालेले थारु कोटामा दुई महिलासहित ६ जना केन्द्रीय सदस्य हुन पाउने निर्धारण गरेको छ ।

कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य रहनुभएका नेता राना अहिले पनि एमाले केन्द्रीय सदस्य रहनुभएको छ । चितवनको सौराहामा मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनमा आफूले थारु कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा छोटो समय वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका नेता रानाले आफू केन्द्रीय सदस्य पदमा निर्वाचित भएमा एमालेको विधि निर्माण तथा पार्टीको आन्तरिक लोकतान्त्रिक व्यवस्थालाई सबल बनाउनेमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवापत्नी डा आरजु देउवा राणालाई पराजित गरी कैलाली ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेता राना सुदूरपश्चिममा लोकप्रिय नेताकोरुपमा चिनिनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *