नेता कर्ण बहादुर थापाद्रारा सचिव पदमा उम्मेदवारी घोषणा

काठमाडौं ! नेकपा (एमाले) का नेता कर्ण बहादुर थापाले सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
पार्टिको पोलिटव्युरो सदस्य समेत भैसकेको र हाल केन्द्रिय सदस्य एवं सुदुपश्चिम प्रदेशको पार्टी अध्यक्ष भएको हिसाब अनि योगदानले पनि म सचिवको स्वभाविक उम्मेदवार हु-उहाँले भन्नुभयो।

पार्टिमा सर्वसम्मतको अवस्था आए वा लोकतान्त्रिक पद्धति अनुरुप अघि बढेपनि म देशभरीका कार्यकर्ता माझ परिचित छु।पार्टिका लागि कठिन परिस्थिती हुदापनी पार्टिको नेतृत्व एवं मुलधारलाई साथ दिएर अभियानमा हिडेको छु।पार्टिमा लामो समय योगदान गरेको हिसाबले म पदाधिकारीमा आउनै पर्ने आम कार्यकर्ताको माग भए बमोजिम सचिवमा उम्मेदवारी दिन लागेको हु,अध्यक्ष कमरेडले पनि मेरो उम्मेदवारीलाई समर्थन गरि सघाउनु हुनेछ भन्ने सबैको अपेक्षा छ-उहाँले भन्नुभयो।

चितवनमा भोलीबाट आरम्भ हुने महाधिवेशनमा पदाधिकारी लगायत केन्द्रिय सदस्यहरुको दावेदारी गर्ने नेताहरुको संख्या बढेर गएको छ। नेताहरुको उम्मेदवारी घोषणाले हेर्दा महाधिवेशनमा सर्वसम्मत भन्दा चुनाबै हुने परिस्थिति बन्दै गएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *