एमाले स्थायी कमिटी बैठकले गर्‍यो १०३ जना महाधिवेशन प्रतिनिधि मनोनीत : प्रतिनिधिको कुल संख्या पुग्यो २२ सय ७९

काठमाडौं। नेकपा एमालेको महाधिवेशन प्रतिनिधि संख्या बढेको छ । आज बसेको स्थायी कमिटी बैठकले १ सय ३ जना मनोनीत गरेसँगै महाधिवेशन प्रतिनिधि संख्या २२ सय ७९ पुगेको हो ।

एमालेले कुल १ सय ३ जना महाधिवेशन प्रतिनिधि मनोनीत गरेको छ । बिधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको ५ प्रतिशत मनोनीत गरेको हो । एमाले केन्द्रीय संगठन बिभागअनुसार हालसम्म ६७ जिल्लाबाट महाधिवेशन प्रतिनिधिको सूची आइसकेको छ । महोत्तरी, रौतहट, (मजदुर प्रदेश २) र भूपू सैनिक संगठन गरी ६७ जना प्रतिनिधिको नाम आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *