एमाले महाधिवेशन : चितवनका लोकप्रिय नेता जगन्नाथ (जेएन) थपलियाद्रारा भुगोलबाट केन्द्रिय सदस्यमा उम्मेदवारी

काठमाडौं ! नेकपा(एमाले)को आसन्न दशौ महाधिवेशन नजिकिदै गर्दा पदाधिकारी र केन्द्रिय कमिटिमा जान इच्छुक नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ।

चितवनमा यहि मंसिर १० देखि १२ गतेसम्म आयोजना हुने पार्टिको महाधिवेशनमा बागमती प्रदेशका प्रदेश सचिवालय सदस्य एवं चितवनका जनप्रीय नेता जगन्नाथ थपलिया(जेएन)ले केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

सादा जीवन,कार्यकर्ता माझ निकै लोकप्रीय रहनु भएका नेता थपलियाको आफ्नै राजनैतिक ईतिहास छ। चितवन जिल्लामा नेकपा एमालेलाई जिवन्त राख्न उहाँको अमुल्य योगदान रहेको छ। जनतामा निकै लोकप्रिय मानिनु भएका नेता थपलिया आफ्नो लामो राजनैतिक योगदानका कारण हाल केन्द्रिय सदस्यमा उम्मेदवारी दिन लाग्नुभएको हो।महाधिवेशनको संघारमा चितवनका नेता कार्यकर्ताले उहाँलाई केन्द्रिय सदस्यमा निर्वाचित गराउन अत्याधिक प्रचारप्रसार पनि गरिरहेका छन। बागमती प्रदेश भुगोलबाट केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएका नेता थपलियाको राजनैतिक पृष्ठभुमि यस्तो छ।
राजनैतिक पृष्ठभुमि
– अनेरास्वबियुका पुर्ब केन्द्रिय सचिब
– मिनभबन क्याम्पसको दुइ पटक स्वबियु सभापति(२०३६,२०३८)
– जिल्ला बिकास समिति चितवनका पुर्ब उपसभापति
– मदन भण्डारी फाउण्डेसन चितवनका सस्थापक अध्यक्ष
– नेकपा एमाले चितवनका पुर्ब अध्यक्ष
-हाल नेकपा एमाले बागमती प्रदेश सचिबालय सदस्य                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *