एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्षमा नेता सुवास नेम्वाङको उम्मेदवारी घोषणा

काठमाडौं! नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले चुनाव भए वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
आकांक्षीहरुको संख्या बढेसँगै महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएकाबेला नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणपछि दोस्रो वरीयताको नेतृत्व दाबी गर्ने नेम्वाङ अर्को हेबिवेट नेता हुनुभएको छ ।

नेता नेम्वाङ देशभरीका नेता कार्यकर्तासग परिचित हुनुहुन्छ। सादा जीवन अनि बौद्धिक सर्कलका नेता नेम्वाङको उम्मेदवारी घोषणाले अब महाधिवेशन चुनाब केन्द्रित हुने सबैको आकलन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *